टाइगर कप : पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

काठमाडौँ - टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणको पुरुषतर्फको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको खेलमा विजयी हुँदै आर्मी र हेल्प नेपाल फाइनल प्रवेश गरेका हुन् ।
पहिलो खेलमा साबिक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल पहिलो पटक फाइनल प्रवेश गर्यो । पहिलो पटक प्रतियोगितामा सहभागी भएको हेल्प नेपालले २५–१८, २५–१६, २५–२३ ले सहज जित हासिल गर्यो ।
दोस्रो खेलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मीले पुलिसलाई २५–१५, २५–१८, २५–१३ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्यो । फाइनल खेल शनिबार २ बजे हुनेछ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया