मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क नलिने निर्णय

काठमाडौं - सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय भएकाे छ । मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्कका विषयमा विवाद समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा विभिन्न पाँच बुँदे निर्णय भएको हाे।
शिक्षामन्त्री देवेन्द्र पौडेलसमेत सहभागी छलफलमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवम् विद्यार्थीहरूसमेतको सहभागिता रहेको छलफलले पाँच बुँदे निर्णय गरेको हो।
चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधानका लागि भएको छलफलले आयोगले तोकेको भन्दा बढी शुल्क नलिने लगायतका निर्णय गरेको छ।

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

प्रतिक्रिया