मकवानपुरका सीडीओ पाण्डे : कोभिड जनचेतना फैलाउँदै, बसका यात्रुलाई मास्क वितरण गर्दै

काठमाडौँ – मकवानपुरमा पनि मास्क प्रयोगलाई बढावा दिन अभियान नै सुरु गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकको निर्णयअनुसार आज शुक्रबारबाट हेटौंडाका सार्वजनिक स्थल तथा सार्वजनिक सवारीमा मास्कलाई अनिवार्य प्रयोग अभियान सुरु गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडा १० स्थित बसपार्कमा रहेको पसल तथा सार्वजनिक बसका यात्रुलाई मास्क वितरण गर्दै कोभिडबारे सचेतना फैलाउँदै मास्क प्रयोग गर्न अनुरोध गरे ।
पाण्डेले कोभिडको ओमीक्रोन भेरियन्टबाट बच्न र बचाउनको लागि सचेतनामूलक पर्चा र मास्क वितरण गर्दै मकवानपुरका ९ स्थानमा माक्स वितरण कार्यक्रम सुरु गरिने बताए । मास्क प्रयोग बढाउने, खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्यका पूर्वाधारहरु तयारी अवस्थामा राख्ने काम सुरु भएको प्रजिअ पाण्डेको भनाइ छ ।
पुरानो नारायणी यातायात कम्पनीले आयोजना गरेको माक्स वितरण कार्यक्रम जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कको सहकार्यमा भएको हो ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया