काठमाडौँमा २६ हजार बढी बालबालिकाले खोप लगाए
कुल ५८ दशमलव ६६ प्रतिशले पाए खोप

काठमाडौँ - कोभिड-१९ विरुद्धको खोप काठमाडौँमा मात्र ५८ दशमलव ६६ प्रतिशतले लगाएका छन् । काठमाडौँ स्वास्थ्य कार्यालयका अनुसार पहिलो मात्रा ५८ दशमलव ८५ प्रतिशत र दोस्रो मात्रा ५८ दशमलव ४६ प्रतिशतले लगाइसकेका छन् ।
शुक्रबारसम्मको तथ्यांकअनुसार २६ लाख ८२ हजार २ सय ९६ जनाले लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो मात्रा १३ हजार ४५ हजार ५२५ र दोस्रो मात्रा १३ हजार ३६ हजार ७७१ जनाले कोभिडविरुद्धको लगाएका छन् ।
फाइजर खोप २६ हजार १ सय ६ बालबालिकाले लगाएका छन् । पहिलो मात्रा १३ हजार ९४३ र दोस्रो मात्रा १२ हजार १६३ जनाले लगाएका छन् । जोनसन एण्ड जोनसन १ लाख ६९ हजार ९१४ जनाले लगाएका छन् ।
भेरोसेलको पहिलो मात्रा ९ लाख ९४ हजार ३४५ जना र दोस्रो मात्रा ८ लाख ८६ हजार ५०८ जनाले लगाएका छन् । अष्ट्राजेनिकाको पहिलो मात्रा १ लाख ५९ हजार ६३९ र दोस्रो मात्रा ८७ हजार ३ सय ४ जनाले लगाएका छन् । त्यसैगरी कोभिसिल्डको पहिलो मात्रा १ लाख ७७ हजार ५९८ र दोस्रो मात्रा १ लाख ५२ हजार ८८१ जनाले लगाएका छन् ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया