डा. यादवले पाए बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी
गिरिले गिराएको साख फर्काउन चुनौती

काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका १२औं तहका कर्मचारी डा. श्यामबाबु यादवले पाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानका विवादित उपकुलपति डा.ज्ञानेन्द्र गिरिको स्थानमा यादवलाई तदर्थ जिम्मेवारी दिएको एक मन्त्रीले इकागजलाई जानकारी दिए ।
डा.यादवले आफ्नो जागिरे जीवन सिन्धुली जिल्ला अस्पतालबाट सुरु गरेका थिए । अस्पतालमा उनले ४-५ महिना मात्र काम गरेका थिए । उनीसँग त्रिवि शिक्षण अस्पतालमा काम गरेको अनुभवसमेत छ ।
लोकसेवा पास गरेपछि यादवले कान्ति बाल अस्पतालमा दुई पटकसम्म काम गरे । मन्त्रालयले उनलाई एक महिनाअघि प्रतिष्ठानको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेको थियो । ५९ वर्षीय यादव यसअघि आठौँ तहका कर्मचारी थिए । बाँकेको भेरी अस्पतालमा २३ वर्षसम्म काम गरे । केही महिनाअघि मात्र १२ औँ तहमा बढुवा भएपछि उनी मन्त्रालय आएका थिए ।
भेरी अस्पतालमा यादव दुई पटकसम्म मेडिकल सुपरीटेन्डेन भएका थिए । उनको जन्म धनुषाको लक्षुमनिया गाउँपालिकामा भएको हो । अब प्रतिष्ठानमा लामोसमयसम्म विवादित रहेका गिरिको जिम्मेवारी खोसिएको छ । गिरिको शैक्षिक योग्यता र अनुभवका सम्बन्धमा नै बारम्बार प्रश्न उठिरहेको थियो ।
गिरिमाथि किर्ते प्रमाणपत्र पेश गरेको आरोप छ । गिरिले आफू प्राध्यापक भएको पुष्टि गर्न सकेका छैनन् । प्रतिष्ठानमा आन्दोलनरत चिकित्सकहरूलाई उनले मादक पदार्थ सेवन गरी दूर्व्यवहारसमेत गरेका थिए ।

अत्यधिक गर्मीले हुनसक्छ लु , कसरी बच्ने ?

अब घरमा यसरी बनाउनुहोस गर्मी हटाउन सजिलैसँग ३ खाले माेजिताे
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल

मृगौला सुरक्षित गर्ने भए नियमित खानुहोस् यी चार कुरा

प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

प्रतिक्रिया