आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

पूर्वस्वास्थ्यमन्त्री ढकाललाई दोस्रो पटक कोरोना संक्रमण

काठमाडौं - नेकपा (एमाले)का नेता तथा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। 

शुक्रबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

‘आज गरिएको परीक्षणबाट मलाई कोरोना पोजिटिभ देखिएको छ।  केही दिन घरमा नै आराम गर्नु पर्ने भयो,’ उनले लेखेका छन्। उनलाई कोरोना संक्रमण भएको यो दोस्रो पटक हो।