दिल्लीका १५ प्रतिशत मात्रै शैयामा कोभिडका विरामी भर्ना

नयाँ दिल्ली- भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन् । अरु ८५ प्रतिशत शैया खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन् ।
दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिए ।
उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरे । सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए ।
त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए । दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिए ।
उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ । खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया