बादशाह र ज्याकलिनको ‘गेंदा फूल’ विश्वभर धेरै हेरिने लिस्टमा

मुम्बई : गायक बादशाहलाई केही महिना पहिले युट्युब भ्युज किनेको आरोप लागेको थियो । प्रहरीले यो सम्बन्धमा गरिरहेको अनुसन्धान टुंगोमा पुगेको छैन । तर, वर्ष सकिँदा बादशाहका लागि खुशीको खबर आएको छ । उनले गाएको गीत ‘गेंदा फूल’ विश्वभर हेरिने गीतको चौथो नम्बरमा परेको छ ।
बादशाह अघि ग्लोबल स्टार बीटीएस, ब्ल्याक पिन, ड्रेक आदिका गीत छन् । ड्रेकको ‘लाइफ इज गुड’, बीटीएसको ‘डाइनामाइट’ र ब्ल्याकपिनको ‘हाउ यु लाइक इट’ बादशाहाको गीतभन्दा अगाडि रहेका छन् ।
वर्षको मध्यतिर सार्वजनिक भएको गीत भारतका विभिन्न भाषामा गाइएको छ । यो गीत सार्वजनिक हुँदाका बखत नै युट्यबको ग्लोबल चार्टमा सबैभन्दा धेरै हेरिने गीतमा परेको थियो । ज्याकलिन फर्नान्डिज र बादशाहको अभिनय रहेको गीत दुई हप्तासम्म ग्लोबल चार्टमा परेको थियो । गीतलाई भारतसँगै विश्वभरका दर्शकले हेरेका थिए ।

सैफ अली माथी छुरा हानिएकाे घटना बारे करिनाले खाेलिन रहस्य

दुइ महिना पछि पनि छावाले टक्कर दिदैँछ सलमानको सिकिन्दरलाई

राजामौलीको फिल्म अर्को वर्ष मार्च २५ मा रिलिज हुने

'आइरन म्यान २’का कलाकार मिक्की भए कंगाल

रजनीकान्तको जेलरः२ मा मलायालम सुपरस्टार मोहनलाल पनि देखिने

जुनियर र सिनियर प्रतिभाका लागि मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

नयाँ वर्षमा त्रिसारा आफ्नो ब्याण्ड लिएर अष्ट्रेलियाको चार सहर घुम्दै

प्रतिक्रिया