‘भारतीय खेलाडीहरू पिजँडामा थुनिने परेवा होइनन् ’

काठमाडौं: अस्ट्रेलिया र भारतबीचको चौथौं टेस्ट हुने वा नहुने भन्नेमा अन्यौल उत्पन्न भएको छ । तेस्रो टेस्ट जनवरी ७ बाट सिड्नीमा हुने तय भइसकेपनि ब्रिसबनमा खेलिने भनिएको चौथौं टेस्टका बारेमा विभिन्न अड्कलबाजी हुँदै आएको छ । ब्रिसबनमा भारतीय टिम ‘आइसोलेसन’ रहनुपर्ने भन्ने कुरा आएपछि भारतले चौथौं टेस्ट खेल्ने नखेल्ने भन्ने विषयमा अन्यौलता उत्पन्न भएको हो ।
क्विन्सल्यान्ड सरकारको नियम मुताबिक भारतीय टिम ब्रिसबनमा टेस्ट दौरान क्वारेन्टिनमा रहनुपर्ने र होटल बाहिर निस्कन नपाउने खबर आइरहेको छ । त्यसै परिपेक्ष्यमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अस्ट्रेलियन क्रिकेट नियामक निकायसँग कुरा गरेको र भारतीय क्रिकेटरहरूले फेरी कुनै पनि प्रकारको आइसोलेसनमा बस्नु नपर्ने वातावरण मिलाउन भनेको टाईम्स अफ इन्डियाले लेखेको छ । टाइम्स अफ इन्डियाले बीसीसीआइको बेनामे स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘कि त चौथौं टेस्ट पनि सिड्नी मै खेलिनु पर्छ नभए तेस्रो टेस्टबाटै भ्रमण सक्नुपर्छ । भारतीय टिम बारम्बार क्वारिन्टनमा बस्ने कुरा आउँदैन । भारतीय टिम अस्ट्रेलियाको निम्तोमा क्रिकेट खेल्न त्यहाँ पुगेको हो । त्यसकारण, खेलाडीहरूलाई पिँजडामा राखिएको परेवा जस्तो ठान्नु हुँदैन ।’
चोटका कारण केही महत्वपूर्ण खेलाडी गुमाइसकेको भारतीय क्रिकेट टिम फेरी क्वारिन्टनमा बस्न तयार नरहेको बताइएको छ । भारतीय टिम ब्रिसबनमा क्वारिन्टनमा बस्न तयार नरहेको भन्ने खबर आएपछि अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यका स्वास्थ्य मन्त्री रोस बेट्सले भारतीय क्रिकेट टिमले स्थानिय नियम मान्नु पर्ने बताएका थिए । त्यस्तै, सोही राज्यका खेलकुद मन्त्री टिम मान्डरले पनि यदि नियम नमान्ने भए भारतीय टिम ब्रिसबन नआए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । अस्ट्रेलियन अधिकारीहरूबाट लगातार यस्तो अभिव्यक्ति आएपछि भारतीय टिमको असन्तुष्टि बढेको छ ।
चार टेस्ट, तीन एकदिवशिय र तीन टि-ट्वान्टी श्रृङ्खला खेल्न अस्ट्रेलिया पुगेको भारतीय क्रिकेट टिमले एक दिवशिय श्रृङ्खला गुमाएपनि टि-ट्वान्टीमा भने घरेलु टिमलाई माथ खुवाएको थियो । त्यस्तै, दुई टेस्ट सकिएको अवस्थामा घरेलु टिम र पाहुना टोली १–१ को बराबरीमा छन् ।

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने

काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

प्रतिक्रिया