उप्रेतीलाई भ्वाइस किड्स नेपालको पहिलो उपाधि

काठमाडौं- ग्रान्ड फिनालेमा बाँकी ७ प्रतिष्पर्धीलाई पछि पार्दै बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जितेका छन् । फिनालेमा दर्शकको प्राप्तको मतको आधारमा घोषणा गरिएको च्याम्पियनमा उनी उत्कृष्ट ठहरिए ।
टीम प्रमोदका उप्रेतीले टाइटल जितेसँगै नगद १५ लाख रुपैयाँ हात पारे ।
उप्रेतीसँगै फिनालेमा टीम प्रमोदकै रुक्सना लिम्बु, टीम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टीम प्रविशाबाट अनुजा कडरियार सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए ।
द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए । सोमध्येबाट एक सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको हो ।
ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन्।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया