एनआरएनएको विवाद मिलाउने जिम्मा शेष घलेको टीमलाई
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)को अधिवेशनबारे विवाद मिलाउन उच्चस्तरीय समिति गठन गरिएको छ। निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो।
सदस्यतालगायत विवादले एनआरएनएको दसौं अधिवेशन हुन सकेको छैन। छिट्टै अधिवेशन गराउनका लागि घलेको नेतृत्वमा समिति निर्माण गर्ने निर्णय गरिएको थियो । विधानसम्मत निष्पक्ष ढंगले समस्या समाधान गर्नआईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन्।
गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण नै पटक पटक रोकिंदै आएको छ । समितिले अधिवेशन सम्पन्न गर्न अहिले भएका विवादको समाधान गर्ने एनआरएनएले जनाएको छ।

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर,मिसन सहित लागे एनआरए…

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

प्रतिक्रिया