सानको 'नशा' सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ- हेर्दा कुनै अंग्रेजी फिचर फिल्मको दृश्य झैं देखिने, कलाकारहरु पनि विदेशी नै । तर, यो कुनै विदेशी फिल्मको दृश्य नभई नेपाली गीतको म्युजिक भिडियोको हो ।
गायक तथा संगीतकार सान भुसालको 'नशा' बोलको गीत सार्वजनिक भएको छ । हाल अमेरिकामा रहेका गायक भुसालको सो गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ ।
सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडियोको निर्देशन विकास बराइलीले गरेका छन् । भिडियो अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ भएको भुसालले जानकारी दिए । म्यूजिक भिडियोलाई गायक भुसालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।
गीतमा अमेरिकी रंग एवं सिने अभिनेता जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी, कलाकारहरु दिपेश आचार्य अंकित शर्मा आदिको अभिनय रहेको छ । गीतको अडियो रेकर्डिङ मुम्बइ स्थित बि.बि.जे. स्टुडियोमा रेकर्ड भएको हो भने वाद्यवादन र मिक्सिङ काठमाण्डौको गुञ्जन रेकर्डिङमा कृष्णकुमार महर्जनले गरेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया