सूर्य शाहीको ‘ह्वील अन दि बस’ जर्मनको बर्लिनालेमा

काठमाडौँ - सूर्य शाहीको डेब्यु फिल्म ‘ह्वील अन दि बस’ जर्मनको बर्लिनाले फिल्म फेस्टिभलमा छनौट भएको छ । शनिबार घोषित लाइनअपमा नेपालबाट सूर्यको फिल्म ‘जेनरेसन के प्लस सर्टस’ विधामा छनौट भएको हो ।
फिल्मले कर्णाली क्षेत्रमा विद्यमान जातीय छुवाछुतको अवस्थालाई पेस गरेको छ । निर्देशक सूर्य शाहीले माथिल्लो जातको बाहुन र तल्लो जातको कामीबीच मित्रतामा जातको प्रवेशपछि घटने घटनालाई कथानक रुप दिएको जानकारी गराए ।
कथानुसार फलामको चक्का बनाउने काममा माथिल्लो जातको युवा र तल्लो जातको जुटछन् तर काम गर्दा गर्दै माथिल्लो जातको युवा कामीकैमा निदाउन पुग्छ । यो कुरा माथिल्लो जातको युवाको बुबाले थाहा पाएपछि सारा गाउँ बोलाएर छोरालाई चोख्याउँछन् र दलित युवकलाई पनि नियमअनुसार सजाय दिन्छन् ।
सूर्य शाहीले आफू कसैलाई छुन पनि नमिल्ने गलत अभ्यास देख्दै आएकाले यिनै दृश्यबाट प्रभावित भएर फिल्मको कथा तयार गरेको बताए । ‘ह्वील अन बस अन्यायको परम्परा बताउने मेरो साधारण प्रयास हो । बर्लिनमा छनौट भएको खबरले मलाई साँच्चिकै उत्साहित बनाएको छ,’ सूर्यले भने ।
सूर्यले फिल्मको सुटिङ स्थानीय कलाकार लिएर हुम्लाको आफ्नै गाउँमा गरेको पनि जानकारी गराए । यो सालको बर्लिन भौतिक उपस्थितिमै फ्रेब्रुअरी १० देखि २० गतेसम्म चल्नेछ । सूर्य फेस्टिभलमा सहभागी हुन जर्मन जाने तयारीमा छन् ।
सूर्यले यसअघि ‘रातो टालो’ नामक सांगीतिक फिल्म बनाएका थिए । रोबिन शर्मा दाहालको छायांकन रहेको फिल्मलाई प्रवीनकुमार राउत, सुशान्त श्रेष्ठ, राजेशप्रसाद खत्री र सूर्य शाही मिलेर बनाएका हुन् । फिल्ममा मानबहादुर टमाटा र हरि बुढाको मुख्य भूमिका रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया