बाेलेराेले ठक्कर दिँदा धारामा कपडा धाेइरहेका दुई जना गम्भीर घाइते

ओखलढुंगा- धारामा कपडा धाेइरहेका दुईजनालाई बाेलेराेले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । सिद्धीचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धाेइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेकाे बाेलेराे ब्रेक फेल भएर ठक्कर दिएकाे थियाे ।
ना१ज ४९५१ नम्बरकाे नाै जना यात्रु बाेकेकाे बाेलेराे ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पाेखरेलले जानकारी दिए ।
उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चाेट लागेकाे छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएकाे छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया