एफ्कोनः सलाहको गोलमा इजिप्टको पहिलो जित, नाइजेरिया अन्तिम १६ मा

काठमाडौँ- अफ्रिका कप अफ नेसन्स (एफ्कोन)मा इजिप्टले शनिबार राति पहिलो जित हासिल गरेको छ । उसले गिनी बिसाउलाई १–० ले हरायो । इजिप्टलाई जिताउन मोहम्मद सलाहले गोल गरे । क्यामरुनमा जारी प्रतियोगितामा इजिप्ट आफ्नो पहिलो खेलमा नाइजेरियासँग पराजित भएको थियो ।
लिभरपुलका स्टार फरवार्ड सलाहले ६९ मिनेटमा गोल गरेका थिए । सात पटक एफ्कोन जितेको इजिप्टले क्यामरुनमा जारी प्रतियोगितामा पहिलो जित त दर्ता गर्यो नै, गोल पनि पहिलो पटक गर्यो ।
पहिलो खेल नै हारेपछि इजिप्ट दबाबमा थियो । रियल मड्रिडका पूर्वप्रशिक्षक कार्लोस क्युरोजको प्रशिक्षणमा खेलिरहेको इजिप्ट च्याम्पियन बन्ने उदेश्यले क्यामरुन पुगेको हो । तर पहिलो खेलमा आशातित प्दर्शन हुन नसकेपछि क्युरोजको विरोध भइरहेको थियो ।
पहिलो जितपछि इजिप्ट समूह ‘डी’मा दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको नाइजेरिया एफ्कोनको नकआउट चरणमा पुगिसकेको छ । लगातार दोस्रो जित हात पारेपछि नाइजेरियाले अन्तिम १६ मा पुगेको हो । शनिबार राति नै भएको खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले पराजित गरेको हो ।
आफ्ना तीन मुख्य स्ट्राइकर भिक्टर ओसिमहेन, ओडियन इघालो र इम्मानुएल डेनिसविना क्यामरुन पुगेको नाइजेरियाले आफूलाई प्रतियोगिताको सम्भावित विजेताका रुपमा प्रस्तुत गरेको छ । उसको संकेत उसले सुडानसँगको खेलमा तीन गोल गरेर दियो । नाइजेरियाको अपराजित लयलाई कायम राख्न सामुएल चुकुवेजे, टाइयो एवोनइ र मोसेस सिमोनले गोल गरे । सुडानका तर्फबाट सान्त्वना गोल वालिलदिन खिदिरले गरेका थिए ।
नयाँ संस्करणको एफ्कोनको प्रिक्वार्टरफाइनलमा पुग्ने तेस्रो टिम बनेको हो, नाइजेरिया । यसअघि नै आयोजक क्यामरुन र मोरोक्कोले अन्तिम १६ स्थान पक्का गरेका थिए । क्यामरुन समूह ‘ए’ बाट र मोरोक्को समूह ‘सी’ बाट प्रि–क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया