लिगमा कोभिडको प्रवेश, पुलिस र च्यासलबीचको खेल स्थगित

काठमाडौँ- युरोपका विभिन्न लिगका खेलहरू कोभिड–१९ महामारीका कारण स्थगित भइरहेका बेला नेपालको लिग पनि प्रभावित बन्ने देखिएको छ । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा कोभिडकै कारण आइतबारको एक खेल स्थगित हुने भएको छ ।
दशरथ रंगशालामा आइतबार अपरान्ह ४ः४५ मा हुने भनिएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित गरिएको हो । च्यासलका १९ खेलाडीमा संक्रमण पुष्टि भएपछि यो खेल रोकिएको हो । यो सिजन कोभिडका कारण रोकिएको पहिलो लिग खेल यही बनेको छ ।
लिगमा हाल नवौँ चरण जारी छ । यो चरणका चार खेल सकिएका छनु् भने पाँचौँ खेल दशरथ रंगशालामा जारी छ । नवौँ चरणका सबै खेल सकिएपछि लिगमा एक महिनाको विश्राम हुँदैछ । तर स्थगित गरिएको खेल कहिले हुन्छ भन्नेबारेमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले केही बताएको छैन ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया