सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

काठमाडौँ - म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो । यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थमा समेत कडाइका साथ लागू गरिने भएको छ ।
जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोभिडविरुद्धको खोप कार्ड साथमा वा मोबाइमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानूनअनुसार कारबाही गरिने बताए । जिल्लामा कोभिड सङ्क्रमण बढेसँगै कडाइ गरिएको हो । सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । हाल जिल्लामा कोभिडका सक्रिय सङ्क्रमति ३२ रहेका छन् । रासस

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया