मानिसको सबै प्रश्नको जवाफ दिने 'अमेका' रोबोट

काठमाडौँ - हालै अमेरिकामा भएको विश्वकै सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सीइएस)मा प्रश्नकर्ताको हरेक प्रश्न जवाफ दिने रोबोट आकर्षणको केन्द्रबिन्दू हुन पुगेको छ । अमेका नाम रहेको यस रोबोट हेर्दा मानिस जस्तै रहेको छ र यसले मानिसका सबै प्रश्नको फटाफट जवाफ दिने गरेको छ । यस रोबोटलाई ‘फ्यूचर फेस’ को नाम दिइएको छ। अमेकालाई महिलाको आवाज तथा अनुहार प्रदान गरिएको छ ।
अमेका रोबोटको मुख्य विशेषता भनेको यसले यसले मानिसहरुले झैं दोहोरो कुराकानी गर्न सक्छ। यसको अनुहारको अभिव्यक्ति पनि मानिसहरुको जस्तै नै छ। सीईएसका बेला यो यसले निकै चर्चा पाएको थियो ।
कन्जुमर इलेक्ट्रोनिक्स शो का बेला अमेका रोबोटले गरेको कुराकानीको एउटा भिडियो निकै चर्चित भएको थियो। उक्त भिडियोमा अमेकाले आफूलाई सोधिएका सबै प्रश्नहरुको अनुहारको भावसहित उत्तर दिएको थियो । हाल युट्युब तथा टिकटकमा यसको विभिन्न भिडियो क्लिहरू भाइरल भैरहेका छन ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया