थपिए ४०९ नयाँ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ४०९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार ४ सय ९ जनामा कोरोना संक्रमित थपिएको जानकारी दिए ।
काठमाडौं उपत्यकामा थप २३३ जनामा संक्रमण देखिएको छ । उनका अनुसार भक्तपुरमा २४, ललितपुरमा ५० र काठमाडौंमा १५९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।
त्यस्तै संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १८ सय ९९ पुगेको छ । त्यस्तै थप ४९५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५६ हजार १६१ निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा हाल ५१ सय ३३ जना आइसोलेसनमा छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ६४ हजार १६० वटा पीसीआर गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया