दिक्तेल रुपाकोट मझुवागढीमा थप पाँच जनालाई कोरोना संक्रमण

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । आइतबार ९ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको हो ।
यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या ८ पुगेको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनालाई संक्रमण पुष्टि भएको थियो । संक्रमित होम आइसोलेसनमा बसिरहेको नगरपालिकाले जनाएको छ ।
कोभिड-१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा पछिल्लो हप्ता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया