सुनको अवैध चाेरी पैठारीमा मुछिए पर्यटन बोर्डका सीईओ रेग्मी

काठमाडाैँ – पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मी सुनको अवैध चाेरी पैठारीमा मुछिएका छन् । रेग्मीले अवैध सुन ल्याएर जरिजाना तिरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पुष्टि गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि लागेकाे विभिन्न आराेपमा छानबिन गरिरहेको छ, साेहीक्रममा भन्सार कार्यालयले रेग्मी सुनको अवैध चाेरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।
भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो ।
भन्सार ऐनअनुसार सुन चोरी पैठारी गरी ल्याएकोमा जफत गरिएको उल्लेख गरिएको छ । साथै १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिराइएको उल्लेख गरिएको छ ।
गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो । त्यही आरोपमा छानबिन गर्ने क्रममा मन्त्रालयले उनलाई निलम्बन गरेकाे थियाे । तर उनलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएकाे थियाे ।
त्यसपछि मन्त्रालयले उनका थप कमजोरी र आरोपमाथि छानबिन गरिरहेकाे थियाे । साेही क्रममा रेग्मीले सुनको चोरी पैठारीमा संलग्न रहेको पाइएको हो ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया