ग्रामीण दुरसञ्चार परियोजनाअन्तर्गत ९६ प्रतिशत साइटमा ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौँ - नेपाल दूरसंचार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन परियोजना अन्तर्गत ९६.३१ प्रतिशत साइटहरुमा मंसिरसम्म ब्रोडब्याण्ड इन्टरनेट पुगेको जनाएको छ । सम्झौता भएका १८ प्याकेजको कुल साइट संख्या १५ हजार ९ सय ८२ छ। जसअन्तर्गत स्थानीय निकायको कार्यालय ७ सय २, वडा कार्यालय ५ हजार ९ सय ३३, माध्यमिक विद्यालय ५ हजार २ सय २५ र स्वास्थ्य संस्था ४ हजार १ सय २२ रहेको प्राधिकरणले जनाएको छ।
हाल काम सकिएको कुल साइट संख्यामध्ये ६ सय ७९ स्थानीय निकायको कार्यालय, ५ हजार ६ सय ६४ वडा कार्यालय, ५ हजार २ सय २५ माध्यमिक विद्यालय र ४ हजार २७ स्वास्थ्य संस्था गरी १५ हजार ३ सय ९३ साइटमा इन्टरनेट जडानको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अब २३ स्थानीय निकायको कार्यालय, २ सय ६९ वडा कार्यालय, २ सय २ माध्यमिक विद्यालय र ९५ स्वास्थ्य संस्था गरी कुल ५ सय ८९ साइटमा मात्रै इन्टरनेट सेवा जडान गर्न बाँकी रहेको छ।
ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेज मार्फत ६५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा १ हजार तथा एउटा प्याकेज मार्फत ५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ५ सय ५ भन्दा बढी कार्य सम्पन्न भएर सेवा संचालनमा आएको जनाएको छ।
सम्पन्न भएका परियोजनाहरुमध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सकिएको छ। एउटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरणको अनुगमन तथा प्रमाणीकरणको काम समेत सकिएको प्राधिकरणले जनाएको छ।
दुईवटा परियोजनाहरुको हकमा पहिलो चरणको अनुगमन तथा प्रमाणीकरणको काम भएर प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ। यस्तै, एउटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम परामर्शदाताबाट सम्पन्न भएर प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ।

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

प्रतिक्रिया