‘पुष्पा’ पछि अल्लु अर्जुनको ‘अला बैकुण्ठपुरमलु’ पनि हलमा

मुम्बई - ‘पुष्पा’को सफलताले प्रेरित भएर अल्लु अर्जुनको तीन वर्ष पुरानो फिल्म हिन्दीमा डब भएर हलमा आउने भएको छ । दुई वर्ष अघि नै हलमा लागेर नेटफ्लिक्समा पनि आइसकेको फिल्म ‘अला बैकुण्ठपुरमलु’ अब हिन्दीमा डब भएर हलमा आउने लागेको हो । फिल्म २६ जनवरीका दिन हलमा लाग्नेछ ।
त्रिविक्रम श्रीनिवासको निर्देशन रहेको यो फिल्मले तेलगुको बजारबाट मात्र साढे २ अर्ब हाराहारीको व्यापार गरेको थियो । पूजा हेग्डे र अल्लु अर्जुनको यो फिल्म त्यो सालको सर्वाधिक कमाइ गर्ने फिल्म थियो ।
हिन्दीमै यसको रिमेक अधिकार लिएर रोहित धवनले यसलाई हिन्दीमा बनाइ पनि रहेका छन् । ‘शाहजादे’ नाम दिएको यो फिल्ममा कार्तिक आर्यन र कियरा आडवानी मुख्य भूमिकामा अभिनय गरिरहेका छन् ।
अल्लु अर्जुनको ‘पुष्पा’ पहिलोपल्ट हिन्दीमा डब गरेर रिलिज गरिएको थियो । तर यही हिन्दी डबले नै महामारीका बीच पनि कमाइको आँकडा ८३ करोड पुर्याएको छ । डबिङ खर्चबाहेक यो फिल्ममा हिन्दीमा ल्याउने थप एक पैसा खर्च गरिएको थिएन । ‘पुष्पा’ले यसरी कमाएको देखेपछि ‘अला बैकुण्ठपुरमलु’को हिन्दी अधिकार लिएका निर्माता तातेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया