स्वरुप फेर्दे लुम्बिनी अस्पतालको आईसीयू कक्ष

बुटवल- कुनै बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीको उपचार गर्नेभन्दा पनि आफँै रोगी थियो । आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समेत समस्या हुने गथ्र्यो ।
आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई समस्या त हुन्थ्यो नै, उपचार गर्ने चिकित्सकलाई पनि उपचार गर्न समस्या पथ्र्यो । त्यतिमात्र होइन, अस्पतालमा उपचार गर्न जाने बिरामी बेड नपाएर भुइँंमा सुत्नुपर्ने अवस्थासमेत थियो ।
तर, अहिले भने अवस्था फेरिएको छ । आफैँ बिरामी रहेको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले पछिल्लो समय स्वरुप फेरेको छ । अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार हुँदा सेवाप्रवाह प्रभावकारी बन्दै गएको अस्पतालका आकस्मिक विभाग प्रमुख रामप्रसाद अर्यालले बताए ।
सेवा प्रभावकारी नहुँदा हैरानी खेपेका बिरामी र बिरामीका अफन्तहरूको गुनासोलाई मध्यनजर गरेर व्यवस्थापनको कार्यलाई प्राथमिकता दिएको उनले बताए ।
‘अस्पतालको आकस्मिक कक्षमा बेड अभावका कारण एउटै बेडमा तीन जनासमेत राखेर उपचार गर्नुपर्ने बाध्यता थियो । तर, अहिले बेडका साथै चिकित्सक कर्मचारीको ड्युटी व्यवस्थापनलाई जोड दिइएको छ’, उनले भने ।
अस्पतालको आकस्मिक कक्षमा यसअघि २२ बेड रहेकोमा अहिले भने बेड संख्या ३८ पुर्याइएको छ । वातानुकुलित वातावरणमा एसीयुक्त आकस्मिक कक्षमा नाम चलेका निजी अस्पतालका जस्तै सेवा उपलव्ध गराइएको आकस्मिक विभाग प्रमुख अर्यालले बताए ।
आकस्मिक विभागमा दैनिक नौ जना चिकित्सक, २० जना स्वास्थ्यकर्मी र १० जना नर्सिङ कर्मचारी बिरामीको उपचारमा खटिने गरेका छन् भने ६ जना सहयोगी कर्मचारी छन् ।
अब निकट भविष्यमै प्रत्येक बेडमा अक्सिजन पाइप र सक्सन पाइप सप्लाई गर्ने, कुरुवा कन्ट्रोल कार्ड लागु गर्ने, व्यवस्थित माइनर अप्रेसन कक्षको व्यवस्था लगायतका काम सुरु गरिने अर्यालले बताए ।
अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार आएको बताए । मृगौला रोगीहरूका लागि डाइलोसिस सेवा देखि लिएर थुप्रै नयाँ सेवाहरू अस्पतालमा थपिँदै गएको उनको भनाइ छ ।
‘अस्पतालमा कार्यरत चिकित्सकहरूद्वारा निजी क्लिनिकमा बिरामी पठाउने अवैध कामलाई पनि रोकिएको छ,’ ढकालले भने ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कुल बेड संख्या भने ३५० छ । आकस्मिक कक्षको व्यवस्थापनमा सुधार गर्नेदेखि अस्पतालमा नयाँ सेवाहरू थप हुँदै गएको अस्पताल विकास समितिले जनाएको छ ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया