'एभरेष्ट बैंक डिबेन्चर २०८६' निष्काशन

काठमाडौँ - एभरेष्ट बैंकले लिमिटेडले 'एभरेष्ट बैंक डिबेन्चर २०८६' निष्काशन गरेको छ । आठ वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र जारी गरेको हो ।
जारी मध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १२० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ८० करोड ऋणपूँजी रकम (सो मध्ये ५% अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ।
यो ऋणपत्र निष्काशन माघ ३ बाट खुल्ला रहने र निष्काशन बन्द छिटोमा माघ ६ हुनेछ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा लाखौ सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया