स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल थाल्न सरकार र निर्वाचन आयोगलाई माग
काठमाडौँ- स्थानीय तहका सरोकार राख्ने संघ तथा महासंघले तत्काल दोस्रो तहको स्थानीय तहको निर्वाचन प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।
आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै संघ तथा महासंघले संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीनको परिकल्पनै नगरेको भन्दै तत्काल निर्वाचन प्रक्रिया थाल्न सरकार र आयोगलाई माग गरेका हुन् ।
जिल्ला समन्वय समिति महासंघका नवराज गेलाल, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गर्दै संविधान र स्थानीय तह निर्वाचन ऐनले एकदिन पनि जनप्रतिनिधिविहीन स्थानीय तह परिकल्पना नगरेको र स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था पनि नगरेको उल्लेख गरेका छन् ।
'संविधानले नै जनप्रतिनिधिबिनाको स्थानीय सभा र कार्यपालिका व्यवस्था गरेको छैन र म्याद थपको पनि व्यवस्था छैन,' विज्ञप्तीमा भनिएको छ ।
स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७ असार २१ र असोज ७ गते सकिदैंछ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया