मालपोतमा सिडियोको अनुगमन, बिचौलिया प्रवेशमा रोक

बाँके : मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार बढेको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले छड्के अनुगमन गरेका छन् । सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो आएपछि बुधबार दिउँसो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आजैदेखि मालपोत परिसरमा बिचौलिया प्रवेशमा रोक लगाएका छन् ।
अनुगमनका क्रममा कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकांश कर्मचारी पोषाक, परिचय पत्रविना कार्यालयमा आएकोे, बिचौलियाहरूको बिगबिगी रहेको, बिचौलियहरूनै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाइएको बताए । सबै शाखाहरूमा अनुगमन गरिसकेपछि कर्मचारीहरूलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निष्ठाको अभावमा सार्वजनिक सेवा प्रवाह नभएको बताउँदै ईमान्दारिता पूर्र्वक कार्य गर्न निर्देशन दिए । उनले आफू बाँकेमा आइसकेपछि धेरै कार्यालयहरूको सेवा प्रवाहमा सुधार आए पनि मालपोतको सेवा सुधार नभएको, मालपोतमा व्यापक भ्रष्टाचार भएको र भ्रष्टाचार संस्थागत हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
नागरिकहरूको व्यापक जनगुनासो आएका कारण मालपोत प्रशासनको निगरानीमा रहेको उनले बताए । असल कार्य गर्ने कर्मचारीलाई सहयोग गर्छु– प्रजिअ कुरुम्वाङले भने– भ्रष्टाचारमा संलग्न रहने कोही पनि कर्मचारीहरुलाई छाड्दिन । उनले पोशाक र परिचय पत्र नलगाउने कर्मचारीलाई भोलिदेखि कार्यालयमा छिर्न नदिन कार्यालय प्रमुखलाई उनले निर्देशन दिए । उनले कर्मचारीहरुलाई निर्देशन दिदै भने–बिचौलियाहरूलाई पूर्ण रुपमा मालपोत परिसरमा प्रवेशमा रोक लगाउनुहोस् ।
अनुगमनका क्रममा बाँके प्रहरी प्रमुख ओम रानाले सेवा प्रवाह प्रभावकारी बनाउन आग्रह गरे । सिडियोको निर्देशन पश्चात मालपोत कार्यालयका निमित्त प्रमुख अमर सेजुवालले सेवा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया