६ महिनापछि सचिवालयलाई पूर्णता दिँदै देउवा, मन्त्रिपरिषद् पनि विस्तारको तयारी
प्रमुख राजनीतिक सल्लाहकारमा महत र प्रमुख प्रेस सल्लाहकारमा शर्माको चर्चा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालयलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारको नेतृत्व गरेको ६ महिनापछि प्रधानमन्त्री देउवाले सचिवालयलाई पूर्णता दिने तयारी गरेका हुन् । देउवा सर्वाेच्च अदालतको आदेशअनुसार गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।
यसबीचमा देउवाले प्रमुख स्वकीय सचिव भानु देउवा, प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्राध्यापक डाक्टर आरपी विच्छालाई मात्रै नियुक्ति दिएका छन् ।
बालुवाटार स्रोतका अनुसार देउवाले केही दिनभित्रै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रमुख प्रेस सल्लाहकारलगायतमा नियुक्ति गरेर सचिवालयलाई पूर्ण बनाउने तयारी गरेका छन् । राजनीतिक संयन्त्रको बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतलाई कोभिड संक्रमण देखिएपछि देउवा होम क्वारेन्टिन बसे । यही अवधिमा देउवाले सचिवालयलाई पूर्णता दिन तयारी गरेको बुझिएको छ ।
देउवानिकटका नेता तथा कांग्रेसका पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतलाई मुख्य राजनीतिक सल्लाहकार बनाउन लागिएको छ । ‘प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महत नै हुने पक्का जस्तै छ,’ बालुवाटार स्रोतले भन्यो ।
महत हालै सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा देउवाकै समूहबाट महामन्त्री पदमा चुनाव लडेर पराजित भएका उम्मेदवार हुन् । आर्थिक मामिला सल्लाहकारमा भने डा.पोषराज पाण्डेको नाम चर्चामा छ । देउवाले परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराईलाई बनाउने सम्भावना रहेको बताइएको छ । त्यस्तै परराष्ट्र मामिलाका जानकारसमेत रहेका गेजा शर्मा वाग्लेलाई प्रमुख प्रेस सल्लाहकार बनाउने तयारी गरेका छन् । अहिले देउवाको प्रेसको कामहरु अनौपचारिक रुपमा गोविन्द परियारले गर्दै आइरहेका छन् ।
परियार यसअघि देउवाको नेतृत्वको सरकार हुँदा प्रेस संयोजक थिए । यसपटक परियारलाई प्रेस संयोजक नै बनाउन लागिएको छ । परियारभन्दा माथिल्लो पदमा शर्मा हुनेछन् । यता नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई भने देउवाले जनसम्पर्क सल्लाहकार बनाउन लागेका छन् । उनले पनि प्रेस संयोजकमा नै आकांक्षा देखाएका थिए ।
त्यस्तै देउवाले पार्टीको प्रवक्ता पनि छिटै तोक्ने तयारी गरेका छन् । कांग्रेसको प्रवक्तामा रमेश लेखकको नाम चर्चामा छ । त्यस्तै देउवाले मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेछन् । देउवाले अहिले उद्योगमन्त्री र रक्षामन्त्री पनि आफैँले सम्हाली रहेका छन् । देउवाले उद्योगमन्त्रीमा प्रधानमन्त्री कार्यालयका विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठलाई बनाउने तयारी गरेका छन् । देउवाले श्रेष्ठलाई पार्टीको केन्द्रीय सदस्य जितेको खण्डमा मन्त्री बनाउने बचन दिएका थिए ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया