प्राधिकरणले भन्यो : केन्द्रीय समितिको रुपमा मान्यता दिन सकिँदैन

काठमाडौँ - विद्युत् प्राधिकरण व्यवस्थापनले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको गत कात्तिक ५ र ६ गते सम्पन्न भएको भनिएको नयाँ केन्द्रीय समिति (नामावलीसमेत) लाई केन्द्रीय समितिको रुपमा मान्यता दिन नसकिने अवगत गराएको छ ।
‘तहाँबाट मिति २०७८/७/१० चलानी नं. १९ को पत्रबाट प्राप्त नामावलीलाई संघको केन्द्रीय समितिको रुपमा मान्यता दिई व्यवहार गर्न हाललाई नसकिने’ प्राधिकरणको प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशक लोकहरी लुइँटेलले हस्ताक्षर गरी संघलाई दिइएको पत्रमा छ, ‘मिति २०७८/१०/३ मा निर्णय (कार्यकारी निर्देशकस्तरीय) भएको हुँदा नियमानुसार कार्यान्वयनका लागि जानकारी गराइन्छ ।
उक्त संघले महाधिवेशन गरेको र नयाँ केन्द्रीय समिति गठन भई त्यसको नामावली प्राधिकरण व्यवस्थापनलाई गत कात्तिक १० गते बुझाएको थियो । उक्त महाधिवेशन गैरकानुनी र किर्ते भएको भन्दै श्रम तथा रोजगार कार्यालयमा उजुरी परेको थियो ।
उक्त कार्यालयले गत मंसिर २९ गते संघको १२ औं महाधिवेशनले गरेको विधान संशोधनलाई मान्यता नदिने निर्णय गरेको थियो । आफूखुसी विधान संशोधन गरी महाधिवेशन गराएको र उक्त विधान संशोधन गैरकानुनी भएको भन्दै संघका केही पदाधिकारीहरुले श्रम कार्यालयमा उजुरी दिएका थिए ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया