प्रधानमन्त्री कपः सकियो समूह चरण, पुलिस र एपीएफ अपराजित

काठमाडौँ- नेपाल पुलिस क्लबले सोमबार प्रदेश १ लाई पराजित गरेसँगै काठमाडौँमा जारी प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिएका छन् । अब दुवै सेमिफाइनल खेल मंगलबार हुनेछन् । पहिलो सेमिफाइनल खेल पुलिस र बागमती प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा एपीएफ र त्रिभुवन आर्मी आमने–सामने हुनेछन् । सेमिफाइनलका दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन आर्मी विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।
पुलिस र आर्मी समूह ए बाट अन्त्मि चारमा पुगेका हुन् । समूह चरणका कुनै पनि खेल नहारेको पुलिस समूह विजेता बन्यो । उसले चार खेलबाट आठ अंक बटुल्यो । समूह उप–विजेताले चार खेल नै खेलेर पाँच अंक जम्मा गर्यो ।
उता समूह बी विजेता बनेको एपीएफले पनि आफ्नो अपराजित यत्रालाई जारी राखेको छ । उसकै समूहबाट सेमिफाइनल पुगेको बागमतीले भने एउटा खेलमा हारको सामना ग¥यो ।
पुलिसको सजिलो जित
कीर्तिपुरमा भएको समूह चरणको अन्तिम खेलमा पुलिसले सजिलो जित निकालेको थियो । टस जितेको प्रदेश १ ले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०१ रन बनाएको थियो । विजयी पुलिसले १३.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
पुलिसको जितमा आरिफ शेखले तीन रन खर्चिएर दुई विकेट लिएका थिए । उनीसँगै दीपेन्द्र सिंह ऐरी र मन्जित श्रेष्ठले पनि दुई–दुई विकेट हात पारे । यसैगरी करण केसी र सागर ढकालको नाममा एक–एक विकेट रह्यो ।
प्रदेश १ का लागि ओपनर मनिष श्रेष्ठले ५९ रन बनाएका थिए । पराजित टिमका बाँकी ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मनिषबाहेक दोहारो स्कोर गर्न सकेका दुई ब्याट्सम्यान श्रवण यादव १० रनमा आउट भएका थिए भने मुकुन्द यादवले आठ रन मात्रै बनाउन सके ।
पुलिसको जितमा ओपनर कुशल भुर्तेलले २८ बलमा ४४ रन जोडे । यसैगरी दीपेन्द्रले १३ बलमा २० रन बनाए भने अनिल साहले अविजित २६ रनको योगदान गरेका थिए ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया