आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

ललितपुर महानगरमा बुस्टर डोज कहाँ-कहाँ पाइन्छ?

फाइल तस्बिर

काठमाडौँ- ललिपुर महानगरपालिकाले माघ ४ गतेदेखि ६ गतेसम्म कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाउने भएका छन् । सरकारले अग्रपंतिमा काम गर्नेलाई खोप लगाउने निर्णय गरेसँगै महानगरले खोप लगाउने स्थान तोकेको छ ।

स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक स्थानको फोहोर संकलन सफाइकर्मी, एम्बुलेन्नस तथा शवबाहन चालकहरू, महिला स्वास्थ्य स्वयमसेविकाहरू, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकारलगायतका महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारलाई बुस्टर डोज उपलब्ध गराउने भएको हो ।