सवइन्जिनियर डेढ लाख घूससहित अख्तियारको फन्दामा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारीलाई डेढ लाख रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।
प्राधिकरण मातहत तनहुँ जिल्लाको भानु नगरपालिकामा आयोजना कार्यान्वयन इकाईमा कार्यरत सवइन्जिनियर अधिकारी पक्राउ परेका हुन् । आयोगका अनुसार, ती सवइन्जिनियरले कार्यक्षेत्रभित्र विद्यालयको भौतिक संरचना निर्माणमा रकम निकासा दिलाइदिए वापत अतिरिक्त रकम मागेका हुन् ।
सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा अख्तियारको फन्दामा परेका हुन् । उनलाई तनहुँको भानु नगरपालिका-२ बाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले त्यससम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया