नियन्त्रित लागूऔषधसहित तीन पक्राउ

कास्की- कास्कीकाे अन्नपूर्ण गाउँपालिका-१ नौडाँडास्थित सडकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । माछपुच्छ्रे गाउँपालिका-१० घर भएका २६ वर्षीय सन्जय बिकलाई नियन्त्रित लागूऔषध ४५ एम्पुल डाईजेपाम, ४५ एम्पुल फेनारगन र ४५ एम्पुल नुर्फिन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
त्यस्तैऽ मोरङरतुवामाइ नगरपालिका-९ भौडास्थित सडकबाट उर्लाबारी नगरपालिका-३ बस्ने ३६ वर्षीय तारानिधि गुरागाईं र सोही ठाउँ बस्ने ३५ वर्षीय विदेश लिम्बुलाई नियन्त्रित लागूऔषध ६ सय ९० ट्याब्लेट नाईट्राभेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इटराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया