शुक्रबारे बजारमा घर-टहरा नहटाउँदा सडक निर्माणमा समस्या

तेह्रथुम – तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा पर्ने घर-टहरा नहटाउँदा सडक निर्माणमा समस्या भएको निर्माण कम्पनीले जनाएको छ ।
पुस पहिलो साता मै सडक क्षेत्रमा पर्ने घरको पेटी, बरन्डा तथा टहराहरू हटाउन निर्माण कम्पनीले सम्बन्धित घरवालालाई जानकारी गराएको जनाएको छ । निर्माण कम्पनीका इन्जिनियर सुरज प्रसाद शाहले बजार क्षेत्रमा धमाधम काम भइरहेको बताए ।
केही धनीले सडक क्षेत्रमा रहेको घरपेटी, बरन्डा र टहरा नहटाएका कारण निर्माण कार्यमा समस्या भइरहेको उनले बताए । स्थानीय सरकारसँग समन्वय गरी तत्काल हटाउनका लागि अनुरोध गरिरहेका शाहले बताए ।
'यदि हटाउनु भएन भने सडकको मापदण्ड अनुसार काम गर्छौं,’ उनले भने । छथर गाउँपालिकाको कार्यपालिकाले निर्णय गर्दै सम्बन्धित घर धनीलाई मौखिक रूपमा जानकारी गराइएको जनाएको छ । गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले सिधुवा शुक्रबारे ओख्रे कालोपत्रे सडक निर्माण कार्य धमाधम भइरहेकाले स्थानीयलाई सहयोग गर्न आग्रह गरेका छन् ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया