कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काेभिड संक्रमितले परीक्षामा सहभागी हुन नपाउने

काठमाडौं : कोभिड १९ महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसीर ९ गतेबाट हुने भएको छ । राष्ट्रीय परीक्षा बोर्डले सूचना जारी गर्दै कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको हो। नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा मंसीर ९ देखि १६ गतेसम्म सञ्चालन हुने छ ।
परीक्षा नियन्त्रण कार्यालयले बैशाख ८ देखि कक्षा १२ को परीक्षा गर्ने तय गरेको थियो। तर कोभिड १९ महामारीको कारण परीक्षा स्थगित भएको थियो ।
त्यस्तै प्रयोगात्मक परीक्षा सम्पन्न हुन बाँकी रहेका विषयहरुको प्रयोगात्मक परीक्षा विद्यालयले आन्तरिक रुपमै सम्पन्न गरी २५ कार्तिक २०७७ सम्म राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने छ ।
कोभिड १९ संक्रमित भई उपचाररत परीक्षार्थीलाई परीक्षामा सहभागी नहुन अनुरोध गरिएको छ । त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको ल्याब रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने समेत उल्लेख छ ।
त्यस्तै कोभिड १९ महामारीका कारण आफू अध्यययन गरेको विद्यालय रहेको जिल्लाभन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भई परीक्षामा सहभागी हुन असमर्थ परीक्षार्थीहरुले यसअघि पेश गरेको विवरणका आधारमा परीक्षामा सहभागी हुन सक्नेछन् । यस प्रयोजनका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला(काठमाडाैं, ललितपुर र भक्तपुर)लाई एउटै जिल्लाको रुपमा मान्नुपर्ने सूचनामा उल्लेख छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया