काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश
काठमाडाैँ – सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो ।
अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनःस्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्र्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।
नयाँ बनाइएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिसकिएको भए पनि प्राचीन स्मारक संरक्षण ऐन मिचिएको रिट निवेदनमा थियो ।
रिट निवेदनमा उक्त कार्यले धार्मिक आस्थामा चोट पुर्याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानून मिचिएको, संवैधानिक मौलिक हक हनन भएको उल्लेख थियो।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया