आर्सनलका मेसुट ओजिल टर्कीस क्लब फेनेरबाचे जाने

काठमाडौं : आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिल टर्कीस क्लब फेनेरबाचेतर्फ लाग्ने भएका छन् । टर्कीको सञ्चारमाध्यम डेमिरोरेनका अनुसार करिब आठ वर्षको बसाइ टुङ्गाउदै ओजिल फेनेरबाचे जाने भएका हुन् ।
ओजिल वा आर्सनलबाट कुनै पनि टिप्पणी नगरिए पनि टर्कीकै टेलिभीजन च्यानल ए स्पोरले पनि ३२ वर्षीय विश्वकप विजेता मिडफिल्डर यही महिना पूर्वटर्कीस च्याम्पियन क्लब जान लागेको बताएको छ । यसै सिजनको अन्त्यमा फ्रि-एजेन्ट बन्ने ओजिललाई जनवरीको सरुवा बजारमा खरिद गर्न फेनेरबाचेले कति खर्च गर्न लागेको छ, खुलाइएको छैन ।
गत मंगलबार मात्रै पनि ओजिलले इन्स्टाग्राम मार्फत टर्की जान लागेको संकेत गरेका थिए । आर्सनलसँग सम्बन्ध चिसिएपछि ओजिलले मार्च यता लन्डन क्लबका लागि कुनै पनि खेल खेलेका छैनन् । उनलाई आर्सनलको प्रिमियर लिग र च्याम्पियन्स लिग खेल्ने टोलीमा राखिएको छैन ।
आर्सनलमा सर्वाधिक कमाई भएका खेलाडी मध्येका एक ओजिल टर्कीको दोस्रो सर्वाधिक सफल क्लब प्रस्थान गर्ने हल्लालाई स्वाभाविक रूपमा लिइएको छ । गत साता मात्रै, आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले ओजिलको भविष्य यसै महिनाको सरुवा बजारमार्फत समाधान हुने बताएका थिए ।
जारी प्रिमियर लिगमा आर्सनल ११ औ स्थानमा आसिन छ भने फेनेरबाचे भने टर्कीको पहिलो श्रेणीको सुपर लिगमा दोस्रो स्थानमा छ । यसअघि पनि टर्कीस मूलका ओजिल बारम्बार टर्की जाने हल्ला चल्दै आएको थियो ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया