लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

लमजुङ- लमजुङमा आज मंगलबार ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।
लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी-उदिपुर ३३ के.भि प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले उदिपुर सवस्टेसनका ३३ के.भि तथा ११ के.भि फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले बताइन् ।
निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा तोकिएको समयावधि अगावै विद्युत लाइन संचालन गरिने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया