नुवाकोटका ३० स्वास्थ्यकर्मीलाई कोभिड

नुवाकोट- कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ ।
नुवाकोटको त्रिशूली अस्पतालमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेर सेवा पुर्याउने अधिकांश चिकित्सक–स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका छन् । 'अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ,' अस्पतालका मेसु पाण्डेले भने 'जाँच गराउन आउने बिरामीको दर बढिरहेको समयमा स्वास्थ्यकर्मी आफैँ सङ्क्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ ।'
अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी दिएको हो । मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहुँदा सङ्क्रमणदर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई अहिले अस्पतालमा नआउन अनुरोध गरिएको छ । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया