सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

युक्रेनको साइबर हमला रसियाले गरेको आरोप

काठमाडौँ - केही समयदेखि युक्रेनमा भैरहेको साइबर हमला रसियाले गरेको आरोप लगाएको छ । गत शनिबारसम्म ७० वटा सरकारी वेबसाइट डाउन हुने गरी युक्रेनको सरकारी सिस्टममा साइबर आक्रमण रसियाले गरेको आरोप लगाएको हो ।

उक्त आक्रमणको पछाडि रसिया रहेको र त्यसको प्रमाण सरकारसँग रहेको युक्रेनको डिजिटल डेभलपमेन्ट मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे जानकारी दिएको हो।  यसअघि शनिबार माइक्रोसफ्टले युक्रेनको दर्जनौं कम्प्युटर सिस्टम भएको साइबर आक्रमणबाट भएको एक ब्लग मार्फत जानकरी दिएको हो।  यसबाट ठूलो संख्यामा युक्रेनका सरकारी निकाय प्रभावित भएको थियो । यस आक्रमणमा मालवेयर प्रयोग भएको र त्यसको पछाडि रसियाको हात रहेको निष्कर्ष निकालिएको छ । पछिल्लो केही समयदेखि युक्रेन र रसियाबीच सेनाको विषयलाई लिएर विवाद चल्दै आएको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यी साइबर हमलाहरूसँग रसियाको कुनै हात नभएको प्रतिक्रिया दिँदै यसअघि पनि अमेरिका, युरोपेली देशलगायतले आफ्ना देशमा हुने साइबर हमलामा रसियाको हात रहेको आरोप लगाएका भन्दै आलोचना गरेकी थिइन ।