बागमतीलाई पराजित गर्दै पुलिस पीएम कपको फाइनलमा

काठमाडौँ- विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
जितका लागि १५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो । बागमतीका आदिल खानले सर्वाधिक २७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १० रन खर्चिए । यस्तै सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५५ रनको विजय लक्ष्य प्रस्तुत गर्याे । पुलिसका ओपनर पवन सर्राफले अर्धशतकीय इनिङ खेले । पवनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै दिलीप नाथले ३१ रन जोड्दा अनिल साहले २५ रन बनाए ।
बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई-दुई विकेट लिँदा प्रतिस जिसीले एक विकेट लिए । दोस्रो सेमिफाइनलमा एपीएफ र आर्मी भिड्नेछन् ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया