ओमिक्राेनकाे त्रास : १२ जिल्ला कोभिड–१९ को ‘रेड जोन’मा

काठमाडौं– पछिल्लो २४ घण्टाको तथ्यांकले देशभरका १२ जिल्ला कोभिड–१९ को उच्च जोखिममा परेको देखाएको छ । उपत्यकाका तीन जिल्लासहित १२ जिल्ला कोभिड–१९ को रेड जोनमा परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रदेश १ को झापा, मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्। त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवन, मकवानपुर र काभ्रेपालाञ्चाेकमा ५ सय बढी सक्रिय संक्रमित छन् ।
कुल मध्ये आधा उपत्यका मै छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १७ हजार ७ सय ९ जना, ललितपुरमा ४ हजार ४ सय ७१ जना र भक्तपुरमा २ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया