महालक्ष्मी विकास बैंकले बाड्याे न्यानो कपडा

काठमाडौँ - महालक्षमी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ 'एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम' सञ्चालन गर्दै आइरहेको छ । 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको बैंकले सोही कार्यलाई निरन्तरता दिँदै यस बैंककोे पालुङ शाखाले थाहा डाँडाबास स्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययारत विपन्न परिवारका ६३ जना छात्र ̵छात्राहरुलाई ज्याकेट वितरण गरेको हो ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्दा दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पुर्याएको बताउँदै विद्यालय प्रधानाध्यापक प्रतापसिंह गोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गरे । साथै यस किसमको सहयोगले बालबालिकाहरु उत्साहित भएर विद्यालय शिक्षा अझै प्रभावकारी हुने बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चीप बेस ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चीप बेस ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

प्रतिक्रिया