श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

पाँचथर : आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ-५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो । रासस
_CfMO9FaNj2_wm1bgp8woyjerxqkyg053rifmqwansj9snaw9kekcoxfnougxlyuuc6kvuen_hKWgCLAgrS_tprihoskxgdvypm4s5guqohwtadombu0ybqkheyi9gljjkavqdiohttvvcgd.jpg)
ताप्लेजुङका हिमालको चुचुरामा मानव पाइला पुग्दै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

५० हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

डढेलोबाट घर जोगाउनै मुस्किल

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

प्रतिक्रिया