सुदूरपश्चिममा ४८८ कोभिडका संक्रमित थपिए

कैलाली – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घण्टामा प्रदेशभरी पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५ सय ३६ जनाको नमूना परीक्षण गर्दा ४८८ जनामा मा सङ्क्रमण पुष्टि भएको हो। जसमा पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै सेती प्रादेशिक अस्पतालमा १९९ र महाकाली अस्पतालमा ५८ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यसैगरी एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरका १२२, कैलालीमा ६०, डडेल्धुरामा १२ र बझाङ नौ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बाजुरामा नौ, अछाममा नौ, डोटीमा पाँच र बैतडीमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमण पुष्टि भएका ४८८ जनामध्ये भारतबाट फर्किएका १०१ जना रहेका छन ।
कैलालीको त्रिनगर नाकामा ५०, कंचनपुरको गड्डाचौकी नाकामा ४६ र बैतडीको झुलाघाट नाकामा ५ गरी १०१ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया