काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोभिड, प्रशासनमा यी सेवा रोकिए

काठमाडौँ- कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।
नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ ।' काठमाडौं प्रशासनमा ६० जनाको दरबन्दी छ ।
त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।
‘विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ । विभागका प्रवक्ता सरदराज आरनका अनुसार १५ जना कर्मचारीलाई कोभिड भएपछि सेवा कटौती गर्नुपरेको हो । यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको छ । आरनका अनुसार यसअघि दैनिक १ हजार २ सयसम्म राहदानी जारी हुन्थे तर हाल ६ सयमा झारिएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया