महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको मंसीर दोस्रो साता हुने चुनावी साधरणसभाका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । । ढकालसहित उनको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेद्वारी दर्ता गराएका हुन् ।
महासंघको ५४औं साधरणसभा मंसीर ११ देखि १३ सम्मका लागि तय भएको छ । महासंघको विधान अनुसार, वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ ।
गत वर्ष चैत महिनामा हुनुपर्ने साधरणसभा कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सारिएको थियो । त्यसपछि साउनको २६ र २७ गते ललितपुरको हेरिटेज गार्डेनमा साधरणसभा गर्ने तय भएको थियो । महासंघको विधान अनुसार, कुनै विशेष परिस्थितिले साधरणसभा रोकिन गएमा तीन महिनाभित्र अर्को मिति तोकेर साधरणसभा गर्नुपर्छ । महामारी फैलिएपछि विभिन्न जिल्लामा स्थानीय प्रशासनको निशेधाज्ञा लगायतका कारण साधरणसभा पुनः रोकिएको थियो ।
देशभर सञ्जाल रहेका महासंघको साधरणसभामा देशभरका उद्यमी व्यवसायी, वस्तुगत समूह, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तथा कर्पोरेट संस्थाका प्रतिनिधिहरुले मतदान गर्छन् ।
महासंघको साधरणसभा बारम्बार स्थगित भएपछि भर्चुअल माध्यममार्फत् साधरणसभा सम्पन्न गर्नुपर्ने आवाज समेत उठेको थियो । महासंघकी अध्यक्ष भवानी राणाका अनुसार मंसीर ११ मा साधरणसभाको उद्घाटन भर्चुअल माध्यमबाटै हुनेछ भने कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै महासंघको सचिवालय टेकू, प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट माइतीघरमा मतदान कार्यक्रम राखिएको छ ।
महासंघको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, वस्तुगतको २० प्रतिशत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघसहित एसोसिएटको ३० प्रतिशत हुन्छ । उम्मेद्वारी दर्तापछि ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए । उनले अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र गतिशील नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दाबी गरेका छन् ।
‘देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन् । यो अहिलेको जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालिनरुपमा प्रभाव पर्छ,’ ढकालले भने, ‘व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं ।’
ढकालसँग वरिष्ठ उपाध्यक्षमा महासंघका अर्का उपाध्यक्ष किशोर प्रधानले प्रतिस्पर्धा गर्दैछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया