सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौं : सुनको भाउ आज प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

सरकारले ९ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठायो, साढे दुई खर्ब बढी साँवा–ब्याज त…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

प्रतिक्रिया