दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य

ओखलढुंगा – दुर्गममा कोरोना संक्रमण दर उच्च देखिएको छ । ओखलढुंगामा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थाले पनि स्थानीय तहको तयारी भने शून्य छ । स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीसमेत नहुने गरेको उपभोक्ताको गुनासो छ । स्थानीय सरकार र सरकारी निकायले विद्यालय बिदा दिने बाहेक अरू कुनै कदम चालेका छन् ।
गाउँका विद्यालय बन्द भए पनि सदरमुकाम र निजी क्षेत्रका विद्यालय भने सुचारु नै देखिएका छन् । यो हप्ता मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए । स्वास्थ्य सामग्री तथा औषधी व्यवस्थापन, संक्रमितको उपचारबारे समयमै ध्यान नदिए जिल्लामा भयावह अवस्था आउनसक्ने भन्दै नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।
'सरकारी निकाले चासो नदिएको पाइएको छ । यसले भोलिका दिनमा निकै चुनौती हुन सक्छ,' पैरवी सञ्जालका विएन श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तह बढी सतर्क हुन जरुरी छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया