म्यानचेस्टर सिटी इंगल्यान्डको सबैभन्दा बलियो टिम : सोल्स्यार

काठमाडौं : बुधबार कारबाओ कपमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले आफ्नो टिम इंगल्यान्डको सबैभन्दा बलियो टिमसँग हारेको प्रतिक्रिया दिएका छन् । जोन स्टोन्स र फर्नानडिन्होले एक–एक गोल गरेपछि युनाइटेड सोल्स्यारको नेतृत्वमा खेल्दा लगातार चौंथौं सेमिफाइनलबाट बाहिरियो । नर्वेजियन प्रशिक्षक सोल्स्यार सन् २०१८ मा ओल्ड ट्राफोर्ड आएपछि युनाइटेडले दुई लिग कप, एक–एक एफए कप र युरोपा लिगको सेमिफाइनल खेलेको छ ।
‘हामीले बलियो सिटी टिमको समाना गर्याै । उनीहरुले राम्रो खेले । हामीले उनीहररूलाई हराउन सक्ने गरी खेल्न सकेनौं । तर याे हारले युनाइटेडलाई मानसिक रुपमा कमजोर रहेको भन्न मिल्दैन । किनभने सिटी इंगल्यान्डकै सबैभन्दा बलियो टिम हो ।’ सोल्स्यारले भने । सिटीले अब प्रतियोगिताको फाइनलमा टोटनहमको सामना गर्नेछ । लिग कपको पछिल्ला तीन संस्करण जितेको सिटीले घरेलु कपहरुमा निरन्तर बलियो प्रदर्शन गर्दै आएको छ ।
काराबाओ कपबाट बाहिरिए पनि एफए कपमा भने युनाइटेडको सम्भावना सकिएको छैन । जहाँ आउँदो शनिबार सोल्स्यारको टिमले वाटफोर्डको समाना गर्दैछ । उता लिग अंक तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले मंगलबार बर्नलीसँग खेल्नेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया